उदयपुर जिल्ला प्रचिनकालमा उदयसेन नामक राजाले शासन गरेको क्षेत्र भनेर उनैको नामबाट उदयपुर रहन गएको भन्ने जनश्रुति रहेको छ । संसारको सर्वोच्च शिखर सगरमाथा रहेको सगरमाथा अञ्चलको मध्य भागमा आबस्थित यो उदयपुर जिल्लाको आफ्नै बिशेषताहरु र पहिचान रहेको छ । देशको सबै भन्दा ठुलो सिमेन्ट उद्योग "उदयपुर सिमेन्ट उद्योग" यस जिल्लामा रहेकोले यस जिल्लालाइ परिचय गराउन थप मद्दत पुगेको छ ।
यो जिल्ला नेपालको मान चित्र मा २६ डिग्रि २६' ३९" देखि २७ डिग्रि १' १०" उत्तरी अक्षांस, ८६ डिग्रि ०' ९" देखि ८७ डिग्रि १' ०" पुर्बी देशान्तरमा रहेको छ । यस जिल्लाको क्षेत्रफल २०६३ वर्ग किलोमिटर रहेको छ । यस जिल्लाको पुर्बमा सुनसरी र धनकुटा, पश्चिममा धनुषा र सिन्धुली, उत्तरमा भोजपुर, खोटाङ र ओखलढुङ्गा र दक्षिणमा सिराहा र सप्तरी पर्दछन । उष्ण शितोष्ण र समशितोष्ण हावापानी पाईने यो जिल्लाको सरदर अधिक्तम तापक्रम ३८ डिग्री सेलिसियस र न्युनतम १६ डिग्री सेलिसियस छ भने बर्षा सरदर २१५२ मिलिलिटर रहेको देखिन्छ ।
यस जिल्लाको सदरमुकाम त्रियुगा नगरपालिका स्थित गाइघाटमा रहेकोछ । यस जिल्लालाइ ३ वटा संसदिय क्षेत्र, ११ वटा ईलाका संख्या, १ नगरपालिका र ४४ वटा गविसहरुमा बिभाजन गरिएको छ । उत्तरमा माहाभारतको श्रृँखला वरीपरी चुरे पहाड श्रृँखलाहरुले घेरिएको हुँदा यस जिल्लालाई भित्री मधेशको रुपमा लिईन्छ। यो जिल्लाको कुल भुभाग मध्य भित्री मधेस करीब ५२% मध्य पहाडी क्षेत्र ४२% र तराइ तथा भाबर क्षेत्र ६% भु-भाग रहेको पाईन्छ।
2 Response to "उदयपुर : परिचय"
Thank you bhuwan bhai for this clarification about our district and for this site.I anticipate you will do better...
thx bro
Post a Comment