हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

दुर्घटनामा दुई स्टापनर्स सहित पाचको मृत्यु

            उदयपुरी,२० जेठ — ओखलढुगाको रुम्जाटारमा हुने स्वास्थ्य शिविरकालागी जादै गरेको चिकित्स सहतिको टोली लिएर जादै गरेको मिनिबस बुधबार जिल्लाको लेखानी — २ नागथानमा  दुर्घटना हुदा“ मृत्यु हुने दुई स्टापनर्स सहित पा“च रहेका छन ।  
जिल्लाको कटारीबाट बिहिबारदेखि संचालन हुने महिलाको आङ्ग(पाठेघर) खस्ने रोगको स्वास्थ्य शिविरका लागी चिकित्स सहित स्वास्थयकर्मी लिएर घुर्मी जादै गरेको बा २ ख ५९१६ नम्वरको मिनि वस सिद्धिचरण राजर्मागबाट करिब ५ सय मिटर तल बाजुरा खोलाको खोचमा खस्दा स्टाप नर्स दय टिकालक्ष्मी कोइराला, जेनीता राई ,सन्तोष रायमाझी सहितको मृत्यु भएको मृत्यु भएको प्रहरी नायव उपरिक्षक मनोज यादवले वताए । रायमाझी बसका मालीक र सनाखत हुन नसकेका युवक चालक हुन सक्ने प्रहरीले अनुमान गरेको छ । कोइराला र रायमाझीको उपचारका क्रममा कटारी अस्पतालमा र अन्य घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
दुर्घटनामा स्वास्थ्य शिविरकालागी काठमाण्डौबाट औषधि सहित आएका ५ नसिङ्ग स्टाप र धरान स्थित वि पि कोइरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका चिकित्सको टोली रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिष्णु लामिछानेले वताए । दुर्घटनामा परि डाक्टर प्रेरण दाहाल, डाक्टर अजय अग्रवाल, डाक्टर आशिष घिमिरे, डाक्टर नविन पोखरेल सहित राजेन्द्र उराउ, नर्मता लिम्वु, अनुपमा पोखरेल, सोनाम प्रधान, नविन पोखरेल, रजनी प्रधान, निरज पोखरेल, निर्मल रायमाझी र दिनेश गिरि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 
घाइते सबैको कटारी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारकोलागी धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उपचारमा संलग्न चिकित्सले जनाएका छन । घाइते मध्ये डाक्टर प्रेरणा, डाक्टर अजय, स्टापर्नस नम्रता, अनुपमा सहित सोनाम,निरज निर्मल र दिनेशको घरानमा उपचार भईरहेको प्रहरीले जनाएको छ । अन्य उपचारपछि फर्किएको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । डाक्टर नविन रुम्जाटार अस्पतालका मेडिकल अधिकृत हुन । उनी स्वास्थ्य शिविरकालागी औषधि सहित नसिङ्ग स्टाप र चिकित्स टोली लिन आएका थिए । घटनास्थल सदरमुकाम गाईघाटबाट १ सय २० किलोमिटर भन्दा टाढा पर्छ । मृतकको शव पोष्टर्माटमकालागी कटारी अस्पतालमा राखिएको छ । 
स्वास्थ्य शिविर स्थगीत शिविरमा आउनु पर्ने चिकित्सक सहितको टोली दुर्घटनामा परेकपछि बिहिबारदेखि ओखलढुगाको रुम्जाटारमा हुने स्वास्थ्य शिविर स्थगीत गरिएको छ ।
करिब सातासम्म चल्ने शिविरमा आउने चिकित्स सहित नर्सिङ्ग स्टाप बस दुर्घटनामा परेपछि शिविर स्थगीत गरिएको परिवार नियोजन अधिकृत गणेश ढकालले वताए । करिव १ सय २५ महिलाको आ¨ खस्ने महिलाको शल्यक्रिया गर्ने कार्यक्रम रहेको थियो अधिकृत ढकालले वताए । उनले भने “ तर शिविरमा आउनु पर्ने चिकित्सक नै दुर्घटनामा परेपछि स्थागीत गर्नु पर्यो” । । 
सोलु, खोटाङ र ओखलढुगाका आ¨ खस्ने महिलाको शिविरमा उपचार गरिने लक्ष रहेको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुगाले जनाएको छ । शिविर संचालन हुने तयारी पुरा भएकोले विरामी आउने क्रममपनि सुरु भएको ढकालले वताए । बुधबारमात्रै ५ विरामीले आफनो नाम दर्ता गराएको उनले वताए । 
News by - डिल्लीराम खतिवडा

No Response to "दुर्घटनामा दुई स्टापनर्स सहित पाचको मृत्यु"