जीप दुर्घटनामा ५ जनाको घटनास्थलमा नै मृत्यु

उदयपुर, ८ जेठ
      उदयपुरको ओख्ले गाविस–४ शाहीडाडामा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । बेतिनी राउतखर्क ओख्ले रुपाटार सडक खण्डमा पर्ने शाहीडाडामा शुक्रवार राती ९ बजे जीप दुर्घटना हँुदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने तीन जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुुरका प्रहरी नायव उपरिक्षक मनोज यादवले बताए ।
      कटारीबाट रुपाटार तर्फ जादै गरेको बा ७ च ५७८३ नम्बरको निजी जीप दुर्घटना हुँदा रुपाटार गाविस–५ का २० वर्षिय फारस खड्का, रुपाटार कै सिता राई, रुपाटार गाविस–६ का अनिता सास्कोटी ओख्ले गाविस–५ का टेकमान राई र उनका नाबालाक छोराको मृतयु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक यादवले जानकारी गराएको छ ।
      सो दुर्घटनामा गम्भिर घाईते भएका त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडाको स्वावियू उपसभापति गीता फुयाल, बसाहा गाबिसका कोपीला राई र ओख्ले गाविस–५ का कल्पना राई रहेको प्रहरीले जनाएको छ । घाईते तीन जनालाई थप उपचारका लागी विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगीएको छ । निर्माणाधिन सडकमा अवैध रुपमा निजी जीपहरुले यात्रुहरु ओसारपसार गर्ने गरेकोले दुर्घटना भएको स्थानीयबासीको भनाई रहेको छ ।
      सडकबाट एक किलो मिटर तल जीप खसेकोले जीप क्षतविक्षत अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सदरमुकाम गाईघाटबाट २४ कोष टाढा दुर्गम भेगमा भएकोले घटनाको ढिलो गरि समाचार प्राप्त भएको प्रहरीले जनाएको छ ।
News by - ईश्वर तामाङ

No comments:

Post a Comment

सुझाब दिनुहोस्