हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

वन क्षेत्रमा लागेको डढेलो अनिन्त्रीत डढेलो नियन्त्रण हुन नसक्दा जनजीवन प्रभावित

गाईघाट(उदयपुर),२३ चैत — सामुदायीक तथा राष्ट्रिय वन क्षेत्रमा करिव दुई साता यता लगोको डढेलो अझै नियन्त्रण भएको छैन । स्रोत र साधनको अभावमा डढेलो नियन्त्रण हुन नसक्दा जिल्लाको जनजीवन प्रभावित भएको छ ।   
    जिल्लाको महाभारत र चुरे वन श्रृखलाको दुई दर्जन भन्दा बढि समुदायीक र सरकारी वन क्षेत्रमा लागेको डढेलो दुई साता वितिसक्दापनि नियन्त्रण हुन नसकेको स्थानीयले वताए । सदरमुकाम भन्दा टाढा घनाजंगल भित्रको वन क्षेत्रमामात्रै होइन सदरमुकामसंगै जोडिएका चप्पन, बाबरी, असारी, रातमाटे, गैरुन र राजदेवि समुदायीक वन क्षेत्रमा लागेको डढेलो समेत नियन्त्रण हुन नसक्दा वातावरणमा समेत असर परेको स्थानीय संचारकर्मी गणेश उप्रेतिले वताए ।
उनले भने “दुई सातायता वन क्षेत्रमा लागेको डढेलोसंगै सदरमुकाममा फैलियको धुवा“ले सर्वसाधरणलाई समस्या परेको छ”। वन क्षेत्रमा फैलिएको डढेलोको कारण निरन्तर फैलिएको धुवा“ले सर्वसाधरणमा आखा“ पोल्ने , श्वासप्रश्वास बढने र स्नायुमा समेत असर पर्ने समस्या बढदै जाने उनले वताए । वन क्षेत्रबाट फैलिएको धुवा“कै कारण एक साता यता समदरमुकाममा सर्वसाधरणलाई उक्त समस्या देखिएको उप्रेतिले वताए ।   
          लामो समयको खडेरीका कारण वन क्षेत्रमा लाग्ने डढेलो निन्त्रण गर्न समस्या भएको उपभोक्ताले वाउदै आएका छन । पानीको स्रोत सुकेकोले जंगल क्षेत्र बढि सुख्खा भएको र अन्य बर्षको तुलनामा यस बर्ष लामो समयसम्म खडेरी परेकोलेपनि डढेलो लाग्ने क्रम कम हुनको साटो बढदै गएको कटुन्जे सामुदायीक वन उपभोक्ता समुहका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद दाहालले वताए । उनले भने “वन क्षेत्र रुख्खा सुख्खा भएको छ, पानीको अभावमा फागनु अन्तिमसातामै पालुवा फेर्नु पर्ने बोटविरुवाले पालुवा फेर्न सकेको छैन ”। पालुवा पलाउन नसक्दा डढेलोमा परि स—सानदेखि ठूल ठूला रुख समेत बलेर नष्ट हुने गरेको उनले वताए । जिल्लाको त्रियुगा नगरपालीका, हडिया, जोगिदह, बेल्टार, सुन्दपुर, रामपुरठोक्सीला, तपेश्वरी, चौडण्डी, रिस्कु, त्रिवेणी र साउने लगायतका गाविसको समुदायीक र सरकारी वन क्षेत्रमा डढेलो लगेको जिल्ला वन कार्यलयले जनाएको छ ।
         वन क्षेत्रमा लागेको डढेलोको कारण बहुमुल्य जडीबुटिका साथै काठ समेत जलेर नष्ट भएका छन । गतबर्षहरुको तुलनामा जंगलमा डढेलो लाग्ने क्रम बढदै जादा“ पशुपालन गर्ने किसानलाई समेत समस्या हुन थालेको किसानले गुनासो गरे । जंगलमा डढेलो लाग्दा गाईगोरु र बाख्रा चराउन समसया भएको चौडण्डी स्थित हिमचुली सामुदायीक वन उपभोक्ता समुहका सदस्य तुलराम राउतले वताए । उनले भने “डढेलो जंगल सकियो, गाई बाख्रा कहा“ चराउने ”। डढेलोले चरन मासिदै गएपछि अहिले किसानले गाई बाख्रा विक्रि गर्न थालेको उनले वताए ।
डढेलोबाट निस्केन धुवा“ वा अन्य धुवाले सर्वसाधरणको फोक्सोमा असर पार्ने जिल्ला अस्पताल उदयपुरका डाक्टर यमराज गिरिले वताए । उनले भने “धुवा“ले फोक्सामा असर पारेपछि श्वासप्रश्वासमा समस्या आउछ”। फोक्सोको असरसंगै दम बढने , बेहोस हुने र अत्याधिकमात्र धुवा“ भयो भने मृत्यु समेत हुन सक्ने उनले वताए । धुवा“कै कारण आखा, स्नायुमा समेत समस्या हुने गरेको डाक्टर गिरिले वताए ।
 वनमा लागेको डढेलो नियन्त्रण गर्ने प्रयास भईरहेको जिल्ला वन कार्यलयका रेन्जर लोमनाथ तिमल्सीनाले वताए । उनले भने “डढेलो नियन्त्रणमालागी कर्मचारी परिचालन गरिरहेका छौ,तरपनि नियन्त्रण हुन सकेको छैन ”। कार्यलयले अन्य काम छोडेर डढेलो नियन्त्रण गर्न कर्मचारी र उपभोक्ता समुहलाई परिचाल गरेपनि डढेलो नियन्त्रण बाहिर भएकोले समस्या भएको उनले वताए । 
News by - डिल्लीराम खतिवडा

No Response to "वन क्षेत्रमा लागेको डढेलो अनिन्त्रीत डढेलो नियन्त्रण हुन नसक्दा जनजीवन प्रभावित"