उदयपुर, १९ चैत
शिखर पुरुष स्व.गिरिजाप्रसाद कोईरालाको अस्तु विहिवार तेह्रो पुन्यतिथिको अवसरमा सनातन धर्म अनुसार स्थानीय त्रियुगा नदिमा सेलाएको छ ।
नेपाली काग्रेसको पार्टी कार्यालयबाट अस्तु सहित निकालीएको ¥यालीले नगरपरिक्रमा गरि स्थानीय त्रियुगा नदिमा लगि सेलाएको थियो । पार्टी कार्यालयबाट बिहान साँढे दश बजेतिर सुरु भएको अस्ती सेलाउने ¥यालीमा केन्द्रिय नेता तथा कार्यकर्ता सहित तीन सय बढी सहभागीता रहेको थियो । नदिमा अस्तु सेलाएर आएपछि गाईघाट बजारको मुल चोकमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । श्रद्धाञ्जली सभामा स्वा. कोईरालाको किरिया पुत्री बसेका तरुणदल उदयपुरका सदस्य युवराज कार्कीलाई सम्मान गरिएको थियो, भने उनलाई सनातन धर्म अनुसार बाहुनलाई गाई दान गरि विधि पूर्वक सुध्याई गरिएको थियो ।
सोक सभामा नेपाली काग्रेसका केन्द्रिय सदस्य भीष्मराज आङ्गदम्बेले स्वां. गिरिजाप्रसाद कोईरालाको व्यक्तित्वको चर्चा गरेका थिए । सभामा कागे्रसका नेता अर्जुनकुमार खड्का, बीदुर बस्नेत, प्राध्यापक कृष्ण खनाल, प्राध्यापक संघका अध्यक्ष रविन्द्रराज शाही, सभाषदद्धय प्रमिला राई, लक्ष्मि परियार, वारका अध्यक्ष ब्रम्हदेव चौधरी, संयुक्त माक्सवादीका श्याम श्रेष्ट, एमालेका बलदेव चौधरी, एकिकृत नेकपाका मोहनसिंह तामाङ, प्रमुख जिल्ला अधिकारी बसन्तकुमार तामाङ लगायतले कोईरालाको राजनितिक ईतिहास र व्यक्तित्वको बारेमा चर्चा गरेका थिए ।
नेता आङदेम्बेले कोईरालाको व्यक्तित्व चर्चासंगसंगै माओवादी र एमालेको कडा आलोचना गरेका थिए । लोकतन्त्रको सच्चा पहरेदार नेपाली कागे्रस मात्र भएको दाबी गरे । कार्यक्रमको संचालन पार्टी सचिव हिमाल कार्कीले गरेको थियो भने कार्यक्रमको सभापतित्व पार्टी सभापति नारायणबहादुर कार्कीले गरेको थियो ।

News by - ईश्वर तामाङ
No Response to "स्वार्गिय गिरिजाप्रसाद कोईरालाको अस्तु उदयपुरमा पनि सेलाए"
Post a Comment