उदयपुर, १ चैत
नेपाल टेलिकमले वितरण गरेको रिमकार्ड तोकिएको मुल्य भन्दा दोव्बरमा कर्मचारीको मिलेमतोमा र स्थानीय व्यापारीले विक्रि गर्दा गर्दै प्रहरीले पक्राउ गरेको छ ।
गाईघाटस्थित न्यू जगदिश ईलोक्टोनिक पसलबाट अस्थाई प्रहरी चौकी गाईघाटले २५ थान रिमकार्ड अवैध रुपमा विक्रि गर्दा गर्दै पक्राउ परेको हो ।
बेल्टार, खोटाङ्गबाट आएका ग्राहकसंग टेलिकमले तोकिएको मुल्य भन्दा दोव्वर मुल्यमा विक्रि गर्दै गर्दा ग्राहक र व्यापारी दुवैलाई पक्राउ गरिएको प्रहरी नायव निरिक्षक पाण्डब राजवंशीले बताए ।
पक्राउ परेका व्यापारीले भने टेलिकमका कर्मचारीले नै पसलमै रिमकार्ड ल्याई दिने गरेकोले आफुले विक्रि गरेको जनाए । उनका अनुसार टेलिकम राजविराज, लहान, कर्मचारीले रिमकार्ड दिए वापत १ हजार ७ सय रुपैया सम्म लिने गरेकोले आफुले प्रति रिमकार्ड खर्च समेत गरि २ हजार २ सय ५० रुपैयामा विक्रि गर्ने गरेको बयानमा उल्लेख गरिएको छ ।
यता टेलिकममा चाहि सो रिमकार्डको मुल्य १ हजार १ सय ३५ रुपैया रहेको छ । तर कर्मचारीले व्यापारीसंग भने झण्डै प्रति रिमकार्ड ७ सय रुपैया लिने गरेको स्पष्ट भएको छ । नेपाल टेलिकमले वितरण गरेको रिमकार्ड तोकिएको मुल्य भन्दा दोव्बरमा कर्मचारीको मिलेमतोमा र स्थानीय व्यापारीले विक्रि गर्दा गर्दै प्रहरीले पक्राउ गरेको छ ।
गाईघाटस्थित न्यू जगदिश ईलोक्टोनिक पसलबाट अस्थाई प्रहरी चौकी गाईघाटले २५ थान रिमकार्ड अवैध रुपमा विक्रि गर्दा गर्दै पक्राउ परेको हो ।
बेल्टार, खोटाङ्गबाट आएका ग्राहकसंग टेलिकमले तोकिएको मुल्य भन्दा दोव्वर मुल्यमा विक्रि गर्दै गर्दा ग्राहक र व्यापारी दुवैलाई पक्राउ गरिएको प्रहरी नायव निरिक्षक पाण्डब राजवंशीले बताए ।
पक्राउ परेका व्यापारीले भने टेलिकमका कर्मचारीले नै पसलमै रिमकार्ड ल्याई दिने गरेकोले आफुले विक्रि गरेको जनाए । उनका अनुसार टेलिकम राजविराज, लहान, कर्मचारीले रिमकार्ड दिए वापत १ हजार ७ सय रुपैया सम्म लिने गरेकोले आफुले प्रति रिमकार्ड खर्च समेत गरि २ हजार २ सय ५० रुपैयामा विक्रि गर्ने गरेको बयानमा उल्लेख गरिएको छ ।
टेलिकमका कर्मचारी र व्यापारीकोे मिलेमतोमा सदरमुकाम गाईघाट, बेल्टार र कटारी बजारमा अवैध रुपमा सिडिएमए मोवाइलको रिमकार्डको विक्रि वितरण हुने गरेको स्थानीयबासी दिपेन्द्र लामाले बताए ।
ग्राहकलाई वितरण गर्न ल्याएको रिमकार्ड कार्यलयले रिम कार्डको कृतिम अभाव सृजना गरि कर्मचारीले व्ययापारी मार्फत बढि मूल्य लिएर अबैध विक्रि गर्ने गरेको स्थानीयबासीको गुनासोको आधारमा छापामार्दा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक मनोज यादवले जानकारी दिए । गाईघाट बजारको मुख्य चौक स्थित न्यू जगदीश इलोक्टोनिक्स पसलमा अवैध रुपमा विक्रि गर्दै गरेको अवस्थामा २५ थान रिमकार्ड बरामद गरिएको प्रहरी नायव उपरिक्षक यादवले वताए । अवैध रुपमा विक्रि गर्दै गरेको रिमकार्ड बरामद गरिएको हो, बरामद गरिएको रिमकार्डको अनुसन्धानपछि कारबाहि अगाडी बढाइने प्रनाउ यादवको भनाई रहेको छ ।
बरामद गरिएको रिमकार्डको नम्बरमा ९७४३०३८७७५ देखि ९७४३०३८७९४, ९७४३०३६७२५ देखि ७२९ नम्वरसम्म र ९७४३०३७३२१ सम्मको रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । व्यापारीले टेलिकम गाईघाट, लाहान, राजविराज लगायका कार्यलयबाट अवैध रुपमा रिम कार्ड ल्याएर २ हजारदेखि २ हजार ५ सय रुपैयासम्म लिएर विक्रि गर्ने गरेको टेलिकम कार्यालयले जनाएको छ ।
टेलिकम कार्यलयमा रिमकार्ड लिन जादा“ बजारको पसलमा पाईने जानकारी कार्यालयका कर्मचारी दिने गरेको खोटाङ्ग सिमपानीका उमेश तामाङ्गले बताए । उनका अनुसार “टेलिकम कार्यालयले छैन भन्दै फर्कादिन्छ, तर बजारमा दुई हजार २ सय माथि तिरेपछि सहजै पाइन्छ”। गाईघाटमा एक साता अघि सुरक्षाकर्मीको लागी भन्दै टेलिकम गाईघाटले वितरण गरेको रिमकार्ड समेत अवैध रुपमा विक्रि गरेको गुनासो आएको छ । सुरक्षाकर्मिका लागी छुट्टयाएका रिमकार्ड सुरक्षाकर्मिले पाएनन् जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
टेलिकमका कर्मचारीले अन्य व्यपारीले व्यापार गरे जस्तै गरेर पसल पसलमै आएर १ हजार ७ सय रुपैयामा रिमकार्ड दिने गरेको एक व्ययापारीले वताए । टेलिकम कार्यलयमा रिमर्काड लिदा १ हजार १ सय ३५ रुपैयामात्र तिर्नु पर्ने हुन्छ । तर अवैध रुपमा बिक्रि हुने रिकर्काड महगोमा खरिद गर्नुपर्दा सर्वसाधरणलाई समस्या भएको स्थानीयबासीले गुनासो गरेपनि सुनुवाई भने नभएको उनीहरुको भनाई रहेको छ ।
नेपाल टेलिकम गाईघाटका प्रमुख राजदेव साहले अवैध रुपमा विक्रि वितरण भएको स्किार गर्दै सिरहा, सप्तरीबाट आएको रिमकार्ड भएको जानकारी दिए । यसरी ल्याईएको रिमकार्ड नियन्त्रण गर्न नसकिने साहको भनाई रहेको छ ।
News by - ईश्वर तामाङ
No Response to "टेलिकमको कर्मचारी र व्ययापारीको मिलेमता"
Post a Comment