उदयपुर, १२ फागुन
उदयपुरको चौदण्डी गाविस र बसाहा गाविसको युवाहरु ढुंगा निकासी गर्ने क्रममा बुधवार दिउँसो झडप हुँदा ५ जना घाईते भएको छ । स्थानीय बसाहा गाविस – २ मा निर्माण भई रहेको बाँधमा ढुंगा ल्याउने क्रममा चौदण्डी गाविस –४ का युवाहरुले अवरोध गरेपछि झडप भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
बसाहामा बाँध निर्माण गर्न चौदण्डी गाविस–४ बाट टिफर र ट्रयाक्टरमा ढुंगा लोड गरेर ल्याउँदै गर्दा रोकेपछि विवाद हुँदा झडप भएको स्थानीयबासीले बताए ।
सो झडपमा चौदण्डी गाविस–४ का भरत राई, कुमारी राई, सविता राई बसाहा गाविस–२ का अमृत राई र अनुप राई घाईते भएका छन । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर भएकोले उनीहरुको धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिप्ठान लगिएको छ ।उपचारका लागी धरान लगिएकोमा कुमारी राई, भरत राई, अमृत राई र अनुप राई रहेको प्रहरीले जनाएको छ । दुवै पक्षले ढुंगा प्रहार गरि आक्रमण गरिएकोले उनीहरुको टाउको शरिर लगाएका भागमा गहिरो चोट लागेको जनाएका छन ।
News by - ईश्वर तामाङ
No Response to "ढुंगा निकासी गर्ने क्रममा झडप हुँदा ५ जना घाईते"
Post a Comment