तोकिएको समयमा संविधान जारी गर्न माग गर्दै उदयपुरमा रहेका एक दर्जन बढि महासंघ र एलायन्सहरुले आज प्रमुख जिल्ला अधिकारी मार्फत संविधानसभाका अध्यक्षलाई ध्यानाकर्षण पत्र पठाएकाछन् । सदरमुकाम गाईघाटबाट निकालिएको र्यालीले बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पुगेर प्रजिअ मधुसुदन बुर्लाकोटी मार्फत ध्यानाकर्षण पत्र बुझाएको हो । उक्त पत्र बुझ्दै बुर्लाकोटीले कार्यालय खुल्नासाथ संविधानसभाको कार्यालयमा ध्यानाकर्षण पत्र पठाईदिने प्रतिवद्धता जनाउनु भयो ।
गैसस महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, मानवअधिकार एलायन्स, प्रेस चौतारी, पत्रकार महासंघ, उदयपुर बार ईकाई लगायतका महासंघ र संजालहरुले निकालेको र्यालीमा तोकिएको मितिमा संविधान जारी गर, मानवअधिकारको सम्मान गर, शान्ति सम्झौताको पालना गर लगायतका नाराहरु लगाईएको थियो ।
News by - कुशलबाबु बस्नेत

No Response to "तोकिएको समयमा संविधान जारी गर्न दवाव"
Post a Comment