उदयपुर , स्थानीयवासीले टेम्पो तथा ट्याक्सीले बढी भाडा लिएको भन्दै जिप र ट्याक्सी चलाउन मनाही गरेपछि टेम्पो तथा जिप व्यावसायीहरूले त्यसको विरोधमा थप बन्द गराएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा चल्ने जिप तथा टेम्पोहरूले महँगो भाडा लिएको भन्दै गत पुस २३ गतेदेखि नगरपालिका क्षेत्रमा भाडा समायोजन नगरेसम्मका लागि टेम्पो र जिप सञ्चालनमा प्रतिबन्ध लगाएपछि त्यसको विरोधमा जिप तथा टेम्पो व्यावसायीले जिप र टेम्पो बन्द गराएका छन् । जिप र टेम्पोहरू बन्द भएका कारण त्रियुगा नगर क्षेत्रका यात्रुलाई मर्का परेको स्थानीयवासीको गुनासो रहेको छ ।
जिप र टेम्पोले मनोमानी ढङ्गले भाडा असुल्ने गरेको भन्दै त्रियुगा नगरपालिका वडा नं. ७ मोतिगडाका स्थानीयवासीको एक भेलाले गत २२ गते जिप र टेम्पोले अत्यधिक भाडा लिएको भन्दै स्थानीय प्रशासनमा लिखित तथा मौखिक निवेदन दिँदासम्म बेवास्ता गरेका कारण टेम्पो र जिप चलाउन नदिने भन्दै एक प्रेस विज्ञाप्ति प्रकाशित गरी बन्द गराएका हुन् ।
त्रियुगा जिप तथा टेम्पो व्यावसायी सङ्घ र सगरमाथा जिप तथा टेम्पो व्यावसायी सङ्घले जिप तथा टेम्पो असुरक्षित भएको भन्दै बन्दकर्ताहरूलाई कारबाही नगरेसम्मका लागि दुईवटै सङ्घले जिप तथा टेम्पो बन्द गर्ने निर्णय गरेको त्रियुगा जिप तथा टेम्पो व्यावसायी सङ्घका अध्यक्ष बालकृष्ण सापकोटाले बताउनुभयो ।

No Response to "बन्दविरुद्ध बन्द आव्हान"
Post a Comment