उदयपुर, — एकीकृत नेकपा माओवादीले जिल्लाको विभिन्न गाविसिमा योङ्ग कम्युनिष्ट लिग(वाईसिएल)लाई अर्धसैनिक संरचनामा लाने क्रमलाई तिब्रता दिएको छ । माओवादीले शान्ति सम्झौता विपरित आफ्नो भातृ संगठन योङ्ग कम्युनिष्ट लिग(वाईसिएल)लाई अर्धसैनिक संरचनामा लगेको हो ।
योङ्ग कम्युनिष्ट लिग(वाईसिएल)ले पार्टीको भदौ २० गतेको निर्णय अनुसार वाईसिएललाई अर्धसैनिक संरचनामा लगेको जनाएको छ । योङ्ग कम्युनिष्ट लिग(वाईसिएल)का संयोजक जीवन कार्की“कुसल”ले पार्टीको निर्णय अनुसार वाईसिएललाई अर्धसैनिक संरचनामा लगिइएको वताए । उनले भने “गाउ“÷गाउ“मा सेक्सन र गाविस स्तरमा प्लाटुन गठन गरिएको छ ”। अहिलेसम्म जिल्लाको ३० वटाभन्दा बढि गाविसमा सेक्सन र प्लाटुन गठन गरि सकिएको उनले वताए । एक सेक्सनमा ११ र प्लाटुमा ६०को संख्यामा अर्धसैनिक रहने छन ।
तिव्र रुपमा गठन गरिएको अर्धसैनिक संरचनाको सेक्सन र प्लाटुनसंगै एउटा कम्पनीको समेत घोषण भई सकेको संयोजक कुसलले वताए । रौता गाविसको मुर्कुची बजारमा करिव ३ सय १ जना अर्धसैनीक रहेको कम्पनीको घोषण गरि सकिएको उनले जानकारी दिए । कार्कीका अनुसार कम्पनी कमाण्डरको जिम्मेवारी प्रभात लामालाई दिइएको छ । त्यसैगरि ३ र ६ नम्बर इलाकामा समेत कम्पनीको स्थापना भई सकेको संयोजक कुसलले वताए । उनका अनुसा क्रमस योगा खतिवडा र होम किरा“तलाई कम्पनी काण्डर बनाइएको छ । योङ्ग कम्युनिष्ट लिग(वाईसिएल)लाई अर्धसैनिक संरचनामा लग्ने क्रमलाइ पुस मसान्त भित्रसम्ममा अन्तिम रुप दिईने उनले वताए । कुसलले भने “ पुस मसान्त भित्रमा जिल्ला भरि नै गठन भई सक्ने छ”। तर ठुलो रुपमा फागुन १ प्रर्दशन गरिने उनले वताए ।
गाउ“मा सेक्सन,गाविसमा प्लाटुन इलाकामा कम्पनी, क्षेत्रमा एक बटालियन र जिल्लामा बिग्रेड रहने कुसलले वताए । तर अहिलेसम्म बटालियन र विग्रेडको गठन भने भई सकेको छैन । बिग्रेडमा करिब २ हजार अर्धसैनिक रहने व्यावस्था छ । तर यसरी गठन गरिएको अधैसैनिकको पोशाक र हतियार भने नरहने कुसलले वताए । “अर्धसैनिक संरचनाको व्यारेक भने हुने छैन”उलने भने । तर आवश्यक परेमा एउटै स्थानमा बस्न सकिने उनले वताए ।
यत तत्र छरिएर माओवादी उदयपुरको भदौ २० गते बसेको जिल्ला सचिवालयको बैठकले योङ्ग कम्युनिष्ट लिग(वाईसिएल)लाई अर्धसैनिक संरचनामा लाने निर्णय गरेको थियो । बैठकपछि तत्कालीन भएको निर्णय जानकारी गराउन पार्टीका जिल्ला इन्चार्ज भिमबहादुर अधिकारी (अनिल)ले जारी गरेको बिज्ञप्तिमा योङ्ग कम्युनिष्ट लिग(वाईसिएल)लाई अर्धसैनिक संरचनाको सेक्सनदेखि ब्रिगेड स्तरसम्म निर्माण गरिने जनाएका थिए ।
सचिवालयको बैठकले जिल्लामा ‘युवाहरुको संगठन वाईसिएललाई अर्ध सैनिक संरचनामा शेक्सनदेखि ब्रिगेडसम्म निर्माण गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख गरेका थिए ।

news from- डिल्लीराम खतिवडा
No Response to "वाईसिएल अर्धसैनिक बल गठन तिब्र"
Post a Comment