झरें भने झरी गएँ रहे सुंघ्नु फूल ठानी
जति टाढा गए पनि आई ठुंग्नु फूल ठानी
इसाराले बोलाउँदा नदेखे झैं गरें भने
बारुलाले चिले सरि ओठ चुम्नु फूल ठानी
एक्लै हुँदा कुनै बेला न्यास्रिएर् बस्नु परे
पिरतीको गोधुलीमा छाई घुम्नु फूल ठानी
मेरो नाम जोडे पछी कुरा काट्ला दुनियाले
सुने पनि नसुने झैं गरि उंघ्नु फूल ठानी
बाध्यतामा बाँधिएर केहि पर पुगें भने
फर्कने छु,'आशांक' को वाचा रुंग्नु फूल ठानी
from - आशांक उपाध्याय
गज़ल
9:31 PM
भुवन राउत
Posted in
गजल चौतारी
लेखक
भुवन राउत
Subscribe to:
Post Comments (Atom)
No Response to "गज़ल"
Post a Comment