हाम्रो गाईघाट राम्रो गाईघाट

स्रमिक बुद्ध

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

Detail | डाउनलोड

जातो चलाऊदै महिला

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

कुमाले भाडा बनाउदै

product

स्रमिक पार्क, भागवती मन्दिर गाईघाट

jankari | डाउनलोड

स्वाईन फ्लु बारे संक्षिप्त जानकारी

विश्वव्यापी प्रकोपको रुपमा फैलिएको स्वाइनफ्लू नेपालमा देखिएको
केही महिना पछि अहिले पछिल्लो समयमा समुदाय स्तरमा समेत व्यापक प्रकोपका
रुपमा देखा परेको छ। समुदायमा प्रकोप काठमाडौं, चितवन, पर्वत, महोत्तरी
लगायतका ठाँउमा देखिएको र अन्य ठाँउमा पनि द्रुत गतिमा देखिने सम्भावना
प्रवल रहेको अवस्था एकातिर छ भने यतिवेला जाडोसँगै चिसो बढ्ने सिजनल
रुघाखोकी लाग्ने मौसममा यसवर्षपहिलो पटक देखिएको नयाँ स्वाइनफ्लू को
बीचमा छुट्टाउन सकिने फरकका बारेमा समेत प्रष्ट हुन आवश्यक छ।



यो रोग र्सवप्रथम ४ अप्रिल, २००९ मा मेक्सिकोमा देखापर्‍यो भने यही रोगकै कारणले
मेक्सिकोमै १२ अप्रिल देखि पहिलो पटक मृत्यु भएको थियो। विश्व स्वास्थ्य
सँगठन ले Pandemic Influenza A H1N1 फ्लुलाई Pandemic phase छैठौं भनेर
११ जुन २००९ मा घोषणा गरिसकेको छ। नेपाल उक्त रोगको पहिलो विरामी दोहा
हुँदै अमेरिकाबाट आएका मध्ये १० वर्षो बालकमा २४ जुन २००९ मा देखापर्‍यो
र २८ जुनमा प्रयोगशालाको रिपोर्टबाट पुष्टि भयो। हालसम्म नेपालमा ६० जना
यस रोगबाट संक्रमित भएको प्रयोगशाला प्रतिवेदनले पुष्टि गरेको छ भने
समुदाय स्तरमा सयौं विरामी रहेको सहजै आकलन गर्न सकिन्छ। यति बेला
समुदायस्तरमा प्रकोपका रुपमा देखा परेको अवस्थामा स्वास्थ्य मन्त्रालयको
आवश्यक पर्ूव तयारीको अभावमा नेपाल जस्तो स्वास्थ्य प्रणाली कमजोर भएको
देशमा रोग नियन्त्रण भन्दा बाहिर जान सक्ने प्रवल सम्भावना छ।
के हो स्वाईन फ्लु -
शुक्ष्मदर्शक यन्त्रमा स्वाईन फ्लु को जीवाणु
यस अघि खासगरी सँुगुरमा लाग्ने रोग हुनाले सँुगुरबाट मानिसमा पहिला
र्सनसक्छ। स्वाईन फ्लु रोग इन्फ्लुएन्जा भाइरस ए -एच१एन१) बाट लाग्दछ, यो
भाइरस ७० ड्रि्री सेन्टीग्रेडको तापक्रममा मर्दछ, बाहिरी बातावरणमा २
घण्टा वा बढी बाँच्न सक्छ। यो रोगको प्रकोप सँुगुरमा नियमित हुने
गरिएतापनि मानिसमा यसको संक्रमण कहिलेकाहिँ हुने गरेको पाइन्छ। सँुगुर
स्वाइन इन्फ्लुएन्जा, मानिसमा हुने सिजनल इन्फ्लुएन्जा तथा पंक्षीमा हुने
एभियन इन्फ्लुएन्जा आदि भाइरसहरुबाट एकैसमयमा संक्रमित हुनसक्छ। हाल
मेक्सिकोमा मानिसमा भएको प्रकोप पनि यी ३ प्रजातिका इन्फ्लुएन्जा भाइरस
सँुगुरमा मिसिएर एउटा नयाँ प्रजातिको भाइरस उत्पन्न भएर भएको हो भन्ने
आँकलन छ। योे भाइरस मानिसबाट मानिसमा र्सर्ने क्रम जारी छ, तर कति सजिलै
र्सछ भन्ने कुरा यकिन भएको छैन। बिगतमा पनि मानिसबाट मानिसमा यो रोग
सरेको पाइएता पनि समुदायमा प्रकोप फैलिएको थिएन।
स्वाईन फ्लु को लक्षण
मानिसमा यस रोगको लक्षण सिजनल इन्फ्लुएन्जाको जस्तै हुन्छ। मुख्य लक्षणहरुः
-ज्वरो आउने, खोकी लाग्ने, नाकबाट पानी बग्ने
-श्वास फेर्न कठिनाई हुन,े घाँटी, शरीर तथा टाउको दुख्ने
-काँप्ने तथा आलस्य हुने
-केहीमा झाडापखाला हुने र बान्ता हुने
-रोग कडा किसिमको भएमा निमोनिया भई मृत्यु हुने गर्दछ।
रूघा खोकी र फ्लु / इन्फ्लुएन्जामा फरक
-यो खाले पान्डेमिक इन्फ्लुएन्जा ब् ज्ज्ञल्ज्ञ रोगलेे ९९ प्रतिशत
मानिसहरुमा मन्द प्रकृतिको - साधारण रुघाखोकी ज्वरो जस्तै ) र १
प्रतिशतमा मात्र गम्भीर प्रकृतिको बिरामी हुने पाइएकोले श्वास-प्रश्वासमा
अप्ठेरो भएमा तुरुन्त उपचारको लागि उपयुक्त ठाउँमा सर्म्पर्क गर्नु
पर्दछ। तर्सथ मन्द प्रकृतिको रोग लागेमा घरैमा बसेर ज्वरोको उपचार गर्न
सकिन्छ।
स्वाईन फ्लु र्सर्ने तरिका
यस प्रकारको इन्फ्लुएञ्जाबाट संक्रमित व्यक्तिले खोक्दा तथा हाच्छीउँ
गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा यो रोग र्सदछ। तर्सथ विरामी घरैमा
बसी आराम गर्ने, कार्यालय तथा विद्यालय नजाने र संक्रमित व्यक्तिको
सर्म्पर्कबाट टाढा रहनु पर्छ। यो रोगको नियन्त्रणको मुख्य उपाय एक
व्यक्तिबाट अर्काे व्यक्तिमा रोग र्सन नदिनु नै हो।
यस्ता रोगबाट बच्न हरेक दिन अपनाउनु पर्ने क्रियाकलापहरू ः-
१. खोक्दा तथा हाँच्छिउ नाक र मुख छोप्ने। छोप्दा प्रयोग भएको सामाग्रीको
उचित व्यवस्थापन वा राम्ररी धोएर मात्र पुनः प्रयोग गर्ने।
२. खोक्दा तथा हाँच्छिउ गरेपछि साबुन पानीले राम्ररी हात धुने।
३. हात अनावश्यक रूपमा आँखा, नाक तथा मुखमा नलाने।
यदि कसैलाई रूधा-खोकी लागि विरामी भएमा विद्यालय वा काममा नगई
घरमा आराम गरेर बस्ने अथार्त अन्य व्यक्तिसंग अनावश्यक सर्म्पर्क
नगर्ने किन की यसले अरूलाई संक्रमित पार्नसक्छ। स्वाईन फ्लु को भाइरस
विरूद्ध हालसम्म कुनै पनि भ्याक्सीन छैन Seasonal Influenza
भ्याक्सीनले पनि यो भाइरस विरूद्ध प्रतिरोधात्मक शक्ति दिन्छ भन्ने कुरा
हालसम्म प्रमाणित भएको छैन। यसको मुख्य लक्ष्य भनेको एक व्यक्तिबाट अर्को
व्यक्तिमा र्सनबाट बचाउनु हो।
यसपाली प्रकोप फैलाउन जिम्मेवार स्वाईन फ्लु को भाइरस पहिले सुँगुर वा
मानिसमा देखापरेको थिएन। हालसम्मको अध्ययन अनुसार सो भाइरस विरूद्ध
Oseltamivir नामक औषधी उपयोगी पाईएको छ भने Amantadine र Rimantadine
प्रभावकारी देखिदैन

No Response to "स्वाईन फ्लु बारे संक्षिप्त जानकारी"