थुकेर गयौ मायाको बगर छाडेर बालुवा
सुकेर गयो प्रीतिको रहर आएन पालुवा
खोजिन मैले अशल खराब तिमीमा नियाली
बितेर गयो यौवन प्रहर भएछु डुलुवा
सोचिन किन मिलन बिछोड नियति ठानेर
नयनबाट उर्लियो नहर बनेर पिलुवा
ज्योतिष हैन देखिन आउला दिन यो भनेर
के यस्तो भयो? जीवन यो मेरो डढेको हलुवा
मिलेरै हिड्ने बाचा र कसम भुलेछौ तिमीले
'आशांक' धाउँदा फाटेछ उसको जुत्ताको तलुवा
from- आशांक उपाध्याय
गज़ल
1:27 AM
भुवन राउत
Posted in
गजल चौतारी
लेखक
भुवन राउत
Subscribe to:
Post Comments (Atom)
No Response to "गज़ल"
Post a Comment