बसमा खुब भिड थियो । सबैलाई आफ्नो गन्तब्यमा पुग्न हतार थियो । एक जना युवक पनि बल्लतल्ल चढेर एउटा सिटमा बस्यो लाग्छ उ राणभुमिमा बिजय भयो । त्यस्तैमा एउटी प्रौढ असक्त महिला बसमा चढेर सिट पाइने आशमा त्यस युवकतिर दयालु नजर लगाउछिन । युवक भने देखे पनि नदेखे झै गरी चुपचाप बसिरहन्छ । तै पनि ति महिला थेगिन नसकेर होला बिस्तारै ति युवकलाई अनुरोध गर्छिन - "बाबु म बिरामी बुढीलाई दयागरि यो सिटमा बस्न दिए तिम्रो जय हुने थियो । " ति युवक भने नसुने झै गरी झ्याल तर्फ हेरिरहन्छ ।
यसै बेला एउटी आधुनिक पहिरनमा सजिएकी एउटी १८-२० बर्षकी सुन्दरी बसमा चढछिन र उक्त युवक तर्फ मुस्कान छोड्दै छेउमै उभिन्छन । युवक तुरुन्तै उठेर "तपाइलाई उभिन अप्थ्यारो भए जस्तो छ यहाँ बस्नुस्" भन्दै युवतीलाई आफ्नो सिट छोडिदिन्छ । युवती "थ्यान्क्यु" भनी मुस्काउदै बस्छिन । युवक पनि नजिकै टाँसिएर उभिन्छ । बसको गति सँगसँगै दुबैजना मुस्काएर आनन्द साथ बसमा यात्रा गर्छन् ।
उक्त सबै द्रिष्य ति प्रौढ महिला मुकदर्शक भएर हेरिरहेकी हुन्छिन । बस स्टपमा आएर रोकिन्छ । ति युवती सिटबाट उठी युवकलाई धक्का दिएर "सरी" भन्दै बसबाट ओर्लिन्छिन । युवक युवतीले दिएको मिठो धक्का बाट निकै आनन्दित महसुस गर्दै युवतीले छाडेको सिटमा बस्छ । कन्डक्टर आएर बसभाडा मागेपछि उसले पाइन्टको पछाडिको पकेटमा हात पसार्छ तर एकाएक उसको मुख निलोकालो हुन्छ , मुख सुक्छ । अनी चिच्याउछ - "लौ मेरो पकेट मारेछ , घरबाट ल्याएको एक महिनाको खर्च सबै त्यसैमा थियो । अब म के गरौ ?"
अब भने उसलाई याद भयो । अघि बिच स्टपमा बसबाट ओर्लिनु अघि ति युवतीले उसलाई धक्का दिएकी थिइन , जुन धक्काबाट उसले रोमान्चित अनुभव गरेको थियो तर उसलाई के थाहा त्यही धक्का यति जोखिमपूर्ण थियो भनेर ।
-अच्युत मान सिंह प्रधान 'उत्सुक'
रोमान्चित तर जोखिमपूर्ण धक्का



लेखक
भुवन राउत
Subscribe to:
Post Comments (Atom)
No Response to "रोमान्चित तर जोखिमपूर्ण धक्का"
Post a Comment