उदयपुर, २ साउन
युनिटीको नाममा ठगी गर्ने उदयपुरको रामपुरठोक्सिला गाविस–२ का रामकुमार कमरलाई आईतवार प्रहरीले पक्राउ गरेको छ । रामपुरठोक्सिलाका स्थानीयबासीहरुले आफुहरुलाई विभिन्न प्रलोभनमा पारेर कमरले ठगी गरेको उजुरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक मनोज यादवले बताए ।
उनले युनिटीको नाममा रामपुरठोक्सिला गाविसमा मात्र ८६ जनालाई जनही १५ हजारका दरले १२ लाख ९० हजार रुपैया ठगी गरेको उजुरी पिडितहरुले जिल्ला प्रहरी कार्यालय उदयपुरमा दिएका छन । रामपुरठोक्सिला गाविसका उपेन्द्र विष्ट, मनकुमारी राई, भूपदेवी घिमिरे सहित ८६ जना पिडितहरुले दिएको उजुरीको आधारमा कमरलाई पक्राउ गरिएको प्रहरीले बताएका छन ।
पक्राउ परेका कमरलाई ठगीको अभियोगमा कारबाही अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक यादवले जानकारी दिए । ठगीमा पक्राउ परेका कमरलाई छुटाउन जिल्लास्थित राजनितिक दल एनेकपा माओवादी र एमालेका नेताहरु लागी परेको पिडितहरुको भनाई रहेको छ ।
युनिटीका नाममा उदयपुरमा मात्र करिब ८ सय जना सर्वसाधारण ठगी भएको पिडितहरुको भनाई रहेको छ ।
News by - ईश्वर तामाङ
No comments:
Post a Comment
सुझाब दिनुहोस्