खयरबासमा पहिरोले बगाउदा ८ जना वेपत्ता

उदयपुर, १६ असार  

      उदयपुरको आँपटार गाविस– ३ स्थित खयरबासमा बुधवार बिहान भिषण वर्षासंगै गएको पहिरोमा परी ८ जना वेपत्ता भएका छन भने ७ जना घाईते भएका छन ।
      स्थानीय गणेश राई, पशुपति राई सहित तिन जनाको पसल पहिरोले बगाउदा ८ जना वेपत्ता भएको घाईते अम्बरबहादुर शाहीले बताए ।  खोटाङ्गको दिक्तेलबाट लोकसेवा आयोगको परिक्षा दिएर पर्किएका परिक्षार्थीहरु खयरबासमा बाँस बस्ने क्रममा पहिरोमा परेको हुन ।
      बिहान ३ बजेतिर आएको पहिरोले पसल सहित बगाउदा गणेश राईको श्रीमति, सर्लाहीका संतोष कार्की, बाजुराका अम्बरबहादुर शाही सहित ८ जना वेपता भएको घाईते शाहीले टेलिफोनबाट जानकारी दिए ।  उनका अनुसार कालीकोटका लक्ष्मण साउद, सुर्खेतका निरक, अम्बरबहादुर शाही, सहित ७ जना घाईते भएकोबताएका हुन ।  खोटाङ्गबाट ३५ जनाको टोली सहित आएका उनीहरु मध्ये ८ जना बाहेक कति जना वेपत्ता भएको हो थाहा नभएको घाईतेहरुले जानकारी दिए ।
      घरमा माथीबाट आएको आएको पहिरोले तीन वटै घर सुनकोशीमा पुयाएको घाईते शाहीले बताए । सो घटनास्थलमा उद्धारका लागी गाईघाटबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तकुमार उपाध्यायले बताए । सदरमुकाम गाईघाटबाट घटनास्थल करिब १५ कोष टाढा रहेको प्रहरीले बताएका छन । पसल नजिकैबाट बग्ने खहरे खोलामा पहिलोले थुनिएपछि आएकोले बाढीले तिन पसल बगाएका हुन ।
News by - ईश्वर तामाङ

No comments:

Post a Comment

सुझाब दिनुहोस्