खोटाङमा ठुला परिणाममा बिष्फोटक पदार्थ बरामद

उदयपुर, २४ बैशाख
      खोटाङको नुनथला गाविस–४ स्थित नारद राईको घरबाट प्रहरीले ८० किलो बिष्फोटक पदार्थ सहित अन्य बन्दोबस्तीमा सामाग्री शुक्रवार बरामद गरेको छ । किराँत जनवादी वर्कस पार्टीले गत बुधवार नुनथला प्रहरी चौकी आक्रमण गरि हतियार गोली गठ्ठा र बन्दोबस्तीका सामाग्री लुटेर लगेपछि परिचालित प्रहरी टोलीले राईको घरमा खन्तलासी गर्दा वर्कसको दस्तावेज, सहित बिष्फोटक पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङ्ग दिक्तेलले जनाएका छन ।
     सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रहरी टोलीले राईको घर नजिकै जमिनमा गाडेर प्लाष्टिकको ३ सय लिटरको हिल टयाङ्गकीमा ८० किलो तौल बराबरको जिलेटिन र पिइके बरामद गरीएको थियो । त्यसैगरि प्रहरीले घर नजिकैको जमिनमा गाडीएको अवस्थामा टिनको बाकसमा ३ सय मिटर कम्व्याड ड्रेस र ५० मिटर तार बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरिक्षक श्यामबाबु ओलीयाको टोलीले बरामद गरिएको सो जिलेटिन उच्च स्तरको बिष्फोटक पदार्थ भएको जानकारी दिए । वर्कस पार्टीलाई खोज्ने क्रममा राईको घरमा वर्कस पार्टीका दस्तावेज, भारी मात्रमा विष्फोटन पदार्थ, त्यसमा प्रयोग हुने तार, क्याप, ठुलो मात्रमा कम्व्याड ड्रेस, कम्व्याडका लागी तयार गरिएका कम्व्याड कपडा बरामद गरिएको प्रहरीले जनाए ।
प्रहरी चौकी आक्रमणकारीलाई भने प्रहरीले भेटाउन सकेको भने छैन, उनीहरु कता भागे भन्ने बारेमा सम्म कुनै जानकारी पाउन सकेको देखिदैन । खोटाङ जिल्लालाई चारैतिरबाट घेरा हालेको भएतापनि आक्रमण भेट्न नसक्नुले उनीहरु जिल्ला बाहिर गई सकेको हुन सक्ने अनुमान गरेको छ ।
किराँत जनवादी वर्कस पार्टीले भने पार्टीका रामप्रसाद बिग्रेड अन्तर्गतको सि प्लाटुनका कमाण्डर अजम्बर किराँती नेतृत्वमा रहेको ४० जना लडाकु सेनाले आक्रमण गरेको पार्टीका केन्द्रिय अध्यक्ष विद्रोह विवशले जानकारी दिएको छ ।
वर्कसको आक्रमणपछि खोटाङमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारीको छ, भने आक्रमणकारीलाई चारैतिरबाट खोजी जारी राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङ्ग दिक्तेलका प्रहरी नायव उपरिक्षक टेकबहादुर तामाङले जानकारी दिएको छ ।
जनवादी वर्कसको गतिविधि बढी भएको खोटाङमा अहिले सम्म ४ वटा प्रहरी चौकी आक्रमण गरि १९ थान हतियार २ हजार २ सय राउण्ड गोली लुटेर लगि सकेको छ ।
आक्रमणपछि सदरमुकाम दिक्तेलमा पनि खोजतलास गर्ने क्रममा खोटाङ टेलर्स दिक्तेलबाट सिलाएर तयार पारिएको १० जोर कम्व्याड डेस प्रहरीले बरामद गरिएको छ ।
वर्कसले पूर्वि पहाडमा भूमिगत रुपमा सशस्त्र गतिविधि संचालन गर्दै आएको भएता पनि चन्दा संकलनमा सिमित रहदै आएकोमा ०६४ साल माघ ७ गते खोटाङको चिसापानी, देवीस्थान, फाक्टाङ्ग र पछिल्लो पटक नुनथला प्रहरी चौकी आक्रमण गर्न सफल भएका छन ।
सदरमुकाम दिक्तेलबाट ४ कोषको दुरीमा रहेको नुनथला प्रहरी चौकी आक्रमणपछि वर्कसले गाउँगाउँमा रहेको सबै प्रहरी चौकी आक्रमण गर्ने धम्कि दिएका छन ।
News by - ईश्वर तामाङ

No comments:

Post a Comment

सुझाब दिनुहोस्