एकलाख ३१ हजार नगद लुटियो

उदयपुर, २५ चैत
      उदयपुरको सदरमुकाम गाईघाट बजारमा छोराले बिदेशबाट पठाएको पैसा मनिट्राफरबाट झिकेर घर फर्किंदै गरेकी उदयपुरको त्रियुगा नगरपालिका–१५ राजाबासकी जसमाया दनुवार बुधवार दिउँसो गाईघाट बजारबाटै लुटिएकी छन् ।
      स्थानीय आईएमई मनिट्रान्फरबाट छोराले मलेसियाबाट पठाएको एक लाख ३१ हजार रुपैंया झिकेर घर पर्किने क्रममा तिर्खा लागेपछि पैसा बोकेको झोला भुँईमा राखेर पानी खान लाग्दा अज्ञात व्यक्तिले झोला लुटेर फरार भएको पीडितले बताएकी छन् ।
      प्रहरीले लुटेराको खोजी गरेपनि पक्राउ गर्न नसकेको अस्थायी प्रहरी चौकी गाईघाटले जनाएको छ । साप्ताहिक रुपमा लाग्ने बुधवारको हाटका दिन परेकाले मानिसहरुको घुईचो हुने भएकोले लुटेका खोज्न समस्य भएको प्रहरीले बताए ।
News by -ईश्वर तामाङ

No comments:

Post a Comment

सुझाब दिनुहोस्