उदयपुर, चैत २५,
एकीकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य एवंम् सभासद् गोपाल किराँतीले कांग्रेस र एमालेका सभासद्हरुलाई आफ्ना कार्यकर्ताले गाउँ जान नदिने दाबी गर्नुभएको छ ।
कांग्रेस र एमाले जनसंविधान बिरोधी भएको आरोप लगाउँदै उनीहरु गाउँ पुगेको खण्डमा आफ्ना कार्यकर्ताले लखेट्ने घोषणा गर्नुभयो । किराँतीले त्यसका लागि आफ्ना कार्यकर्ताहरु भाटो तिखारेर बसेको दाबी गर्नुभयो । क्रान्तिकारी पत्रकार संघ उदयपुरद्धारा सदरमुकाम गाईघाटमा आज बिहान आयोजित पत्रकार भेटघाटमा बोल्दै किराँतीले जनसंविधान घोषणा नहुन्जेल जनसेना समायोजन नगर्ने समेत बताउनु भयो ।
उहाँले वर्तमान सरकार जनबिरोधी भएको आरोप लगाउँदै त्यसको आदेश मान्ने सुरक्षाकर्मीहरुलाई गाउँ फर्कन नदिने चेतावनी दिनुभयो । वर्तमान सरकारप्रति आक्रामक रुपमा प्रस्तुत हुनुभएका किराँतीले एक हप्ताभित्र सरकार ढालेर देखाउने दाबी गर्नुभयो ।
News by - बाबुराम भण्डारी
No comments:
Post a Comment
सुझाब दिनुहोस्