उदयपुर, ३१ जेठ
पूर्व पश्चिम लोकमार्ग अन्र्तगत धनुषाको हरिहरपुर — ७ जलादपुरमा हतियारधारी अज्ञात समुहले सोमवार दिउँसो संचारकर्मीमाथी गोली प्रहार गरेका छन ।
उदयपुरको सदरमुकाम गाईघाटबाट जनकपुर जादै गरेको संचारकर्मी मोहन गोलेलाई दुई जनाको समुहमा रहेका हतियारधारीले साढे १ बजे जलादपुरमा सडकको किनाराबाट दुई गोली प्रहार गरेको छ । बा ३७ प ३६३० नम्वरको कालो पल्सर मोटरसाईकलमा जनकपुर जादै गर्दा गोली मोटरसाईकलमा लागेकोले गोले भने सकुशल रहेको इलाका प्रहरी कार्यलय ढल्केबरले जनाएको छ ।
कामको सिलशिलामा जनकपुर जादै गरेका गोलेलाई हानेको गोली मोटरसाईकलको भाइजरमा लगेको उनले वताए । गोली लागी मोटरसाइकलमा क्षतिपुगेको छ । सडकको किनारामा बसेका २०— २२ बर्षका तराई मुलका जस्ता देखिने युवकले गोली प्रहार गर्दै गर्दा सडकमा अन्य सवारी साधान समेत आउन थालेपछि उनीहरु भागेको गोलेले वताए । गोली हानुको कारण खुलेको छैन । संचारकर्मि गोलेसंगै गैर सरकारी संस्था महासंघकी केन्द्रिय सदस्य सृजना दनुवारसमेत जनकपुर जादै थिइन । मोटरसाईकिल तीव्र गतिमा भएकोले पहिलो गोली मोटरसाईकिलको भाईजरमा लागे पनि दोश्रो गोली नलागेको गोलेले बताए । उदयपुरबाट राससका उदयपुर संवाददाता र उदयुरबाट प्रकाशीत हुने सगरमाथा खबर सप्ताहिकका सह सम्पादक, प्रेस चौतारी नेपालका सदस्य, पत्रकार महासंघका पूर्व कोषाध्यक्ष, मानवअधिकार तथा शान्ति समाजका पूर्व अध्यक्ष, समेत हुन । गोली चलाउने समुहको खोजी भई रहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी सहायक निरिक्षक जयप्रसाद नेपालले जानकारी दिए छ ।
घटनाको बारेमा प्रेस चौतारी नेपाल सगरमाथा अचल ईन्चार्ज कुशलबाबु बस्नेतले घोर भन्सर्ना गर्दै दोषीलाई तत्काल पक्राउ गरि कारबाही गर्न माग गरेको छ ।
News by - ईश्वर तामाङ
No comments:
Post a Comment
सुझाब दिनुहोस्