उदयपुर, ३० जेठ
जातिय क्षेत्रिय मुक्ति मोर्चाले उदयपुरको त्रियुगा नगरपालिका–७ मोतिगडास्थित दानीप्रसाद चौधरीको घरमा सनिवार राती शक्तिशाली सकेट बम राखेका छन ।
एकिकृत नेकपा माओवादीका जिल्ला सदस्य चौधरी, माओवादीका भक्ती मैनाली र स्थानीय कानुन व्यवसायी, मानवअधिकार रुपान्तर मञ्चका केन्द्रिय सदस्य तथा पत्रकार महासघका केन्द्रिय पार्षद समेत रहेका बैकुण्ठनाथ दाहालले त्रियुगा नगरपालिका–३ स्थित हात्तीमारा खोलामा विगत लामो समय देखि बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई ०३७ सालमा खेदेर ०५२ सालमा किर्ते कागज मिलाएर दर्ता गरि सुकुम्बासीलाई खेदेको हुनाले बाध्य भएर बम राख्नु परेको मोर्चाका जिल्ला ईन्चार्ज बसन्तले टेलिफोनमा जानकारी गराउँदै घटनाको जिम्मेवारी लिएका छन ।
पैसा ख्वाएर किर्ते गरि सम्पूर्ण कागजपत्र किर्ते बनाएर सुकुम्बासीलाई हटाई आफनो नाममा गर्ने चौधरीलाई चेतावनी स्वारुप बम राखिएको हो, उनले टेलिफोनमा जानकारी गराए ।
त्यहाँ रहेको करिब १६ विगाहा जमिनमा बसोबास गर्ने सुकुम्बासीलाई हटाउने क्रममा चौधरीले स्थानीय सुकुम्बासी तिलकबहादुर कार्कीलाई सर्वोच्च अदालतबाट मुद्धाको तारिख लिएर आउने क्रममा सिरहाको लहानमा हत्या समेत गरेको आरोप मुक्ति लगाएका छन । त्यहाँबाट हटाईएका भूमिहिन सुुकुम्बासीहरुलाई तत्काल जग्गा फिर्ता नगरेमा जस्तो सुकै कारबाही गरिने ईन्चार्ज बसन्तले बताए । मोर्चाले पहिलो चरणको चेतावनी स्वारुप घरको मुलद्धारको प्यासेजमा शक्तिशाली सकेट बम राखेको हो ।

चौधरीको घरमा शत्तिशाली सकेट बम भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक मनोज यादवले जानकारी दिए । घरको प्रवेशद्धारमा बम भेटिएपछि चौधरीको परिवार आतकित बनेको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोली घटनास्थलमा बिहानै पुगेपनि बम डिस्पोजल गर्नका लागी नन्दबक्स गण र सेनाका १८ नम्बर बाहिनीबाट सेनाका प्राविधिक टोली आउन ४ घण्टा ढिलाई गरेकाले प्रहरी नायव उपरिक्षक मनोज यादव आफैले बमका फयूज निकालेर डिस्फोजल गरेका थिए ।
आरोपित दाहालले भन्ने आफु कानून व्यावसायी, पत्रकार, मानवअधिकारवादी भएकोले यस्तो आरोपहरुमा आफु संलग्नता नभएको जानकारी गराउँदै घटनाको भत्सर्ना गर्दै जीवन रक्षाको माग गरेका छन । यता चौधरीले आफुलाई लगाएका आरोपहरु झुटा भएको र जीवन रक्षाका लागी मानवअधिकारवादी संघसंस्था संचारकर्मिलाई अपिल प्रकासित गरि आग्रह गरेका छन ।

News by - ईश्वर तामाङ
No comments:
Post a Comment
सुझाब दिनुहोस्