उदयपुर, २२ चैत
पुर्नगठित नेकपा माओवादी उदयपुरका सचिवालय सदस्य तथा क्षेत्रिय ईन्चार्ज कर्णबहादुर थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले छ जनालाई आईतवार पक्राउ गरेको छ ।
मृतकका छोरा अंन्जय थापाले दिएको किटानी जाहेरीका आधारमा स्थानीय काठ व्यवसायीहरुले थापाको हत्या गरेको उल्लेख गरेको छ । उनले दिएको जाहेरी अनुसार पक्राउ पर्नेमा स्थानीय मोहन घिमिरे, सिताराम थापा, दलबहादुर थापा, प्रेमबहादुर कार्की, शशी सेढाई र सबिन थापा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक मनोज यादवले जानकारी दिईएका छन ।
मृतकका छोरा अन्जय थापाले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रनाउ यादवले बताए । किटानी जाहेरी परेका मध्ये २ जना दिपक कार्की र सुशिल सेढाई भने फरार भएको प्रहरीले बताए । पक्राउ परेका सवैलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखि अनुसन्धान शुरु गरिएको जनाईएको छ । हत्याको बिरोधमा मातृका माओवादीका कार्यकर्ताले दुई दिनदेखि अनिश्चितकालिन रामपुर बजार बन्दको गरेकाछन् । बन्दका कारण बजार, पसल, यातायात सेवा ठप्प भएको स्थानीयबासीले बताएकाछन् । मृतकका छोरा अंन्जयले स्थानीय काठ व्यवसायी सुशिल सेढाई, प्रेमबहादुर कार्की, शशि सेढाई, दलबहादुर थापा, सबिन थापा, दिपक कार्की, गोपाल भनिने मोहन घिमिरे र सिताराम थापा सहित ८ जनालाई हत्या गरेको आरोपमा किटानी जाहेरी दिएको प्रहरीले बताए ।
स्थानीय माछापुच्छे सामुदायिक वन उपभोक्ता समुहको समेत अध्यक्ष रहेको मृतक थापालाई शुक्रवार भएको समुहको काठ लिलाम ठेक्कामा समेत ज्यान मार्ने धम्कि दिएको स्थानीयबासीले बताए । सोही समुहले राती थापाको घर घेरा हाली कुटपिट गरि हत्या गरेको रामपुरबासीको आरोप रहेको छ । काठ व्यवसायीले किराँत जनवादी वर्कस पार्टीलाई हत्या जिम्मा लिन १५ लाख रुपैया दिएको भएपनि उनीहरुले आफनो पार्टीको हत्या गर्ने योजना नभएको जिम्मा लिन नमाने रामपुरबासीले आरोप लगाएका छन ।
यता घटनाको निश्पक्ष छानविन गरि दोषीहरुलाई कारबाही नगरेमा एक जनाको बदला २० जनाको हत्या गर्ने मात्रिका यादव समुहका माओवादीका केन्द्रिय सदस्य जगत यादवले स्थानीय प्रशासनलाई जानकारी गराएका छन । काठ तस्करहरुले हत्या गरेको हुदा तत्काल उनीहरुलाई पक्राउ गरि कारबाही गर्नु पर्ने उनीहरुको माग रहेको छ । नत्र आफैले कारबाही गर्ने धम्कि दिएका छन ।

News by - ईश्वर तामाङ
No comments:
Post a Comment
सुझाब दिनुहोस्