अर्थमन्त्री सुरेन्द्र पाण्डेले राजनीतिक एवंम् नागरिक अधिकारको आन्दोलन सकिएकोले अव आर्थिक आन्दोलन शुरु गर्नुपर्ने बताउनु भएको छ ।
सशस्त्र द्धन्द्धका कारण बिस्थापित भई ९ बर्षपछि पुनस्र्थापना गरिएको राष्टिय बाणिज्य बैंकको १२५औं शाखाको उद्घाटन गर्न आज बेल्टार पुग्नु भएका अर्थमन्त्री पाण्डेले आर्थिक क्रान्तिका लागि दलका नेता कार्यकर्ता तयार हुनुपर्ने बताउनु भयो । उहाँले वर्तमान अर्थतन्त्र खस्किएको नभई सुधार भएको दाबी गर्नुभयो । चालु आर्थिक बर्षमा १ सय २३ अर्ब राजस्व असुली गर्ने लक्ष्य राखिएकोमा १ सय २७ अर्ब उठाउन सफल भएको बताउनु भयो ।
अर्थमन्त्री पाण्डेले आउँदो आर्थिक बर्षको बजेटको स्वरुप बारे जानकारी दिंदै देशमा १० वटा नयाँ शहर स्थापनाका लागि आउँदो आर्थिक बर्षको बजेटमा व्यवस्था गर्ने जानकारी दिनुभयो । उहाँले सडकको विकासबाट मात्रै देशको बिकास हुने दाबी गर्दै आउँदो बजेटमा बैकल्पीक सडक मार्ग निर्माणका लागि विशेष बजेट बिनियोजन गर्ने जानकारी दिनुभयो । उहाँले सडक पुर्वाधारका लागि यसबर्ष सुनसरीको चतराबाट गाईघाट हुँदै हेटौंडा जोड्ने बैकल्पीक सडक मार्ग संचालनका लागि चतरामा पक्की पुलको निर्माण शुरु गर्ने बताउनु भयो । त्यसका लागि एशियाली विकास बैंकसंग समन्वय भईसकेको जानकारी दिनुभयो । राजनीतिक दलका कार्यकर्ताले गर्ने बन्द हड्तालका कारण नेपालका उद्योगधन्दा बन्द हुने गरेको बताउनु भयो ।
उक्त अवसरमा राष्टिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दन आचार्यले बेल्टार शाखाले पुर्याउने बैंकिङ्क सुविधाबारे जानकारी दिनुभएको थियो । उहाकार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष अशोक राई, केन्द्रीय सदस्य बेदुराम भुषाल, राष्टिय बाणिज्य बैंकका संचालक समितिका पदाधिकारीहरु सहभागी रहेका थिए ।
News by - बाबुराम भण्डारी

No comments:
Post a Comment
सुझाब दिनुहोस्