उदयपुर, चैत २८,
उदयपुर सदरमुकाम गाईघाटमा दुईदिनदेखि अवरुद्ध नेपाल टेलिकमको साधारण जिएसएम पोष्टपेड तथा प्रिपेड मोबाईल सेवा अझै संचालन हुन सकेको छैन । पंचावति गाविसस्थित रिपीटर टावरमा रहेको उपकरणमा देखिएको खराबी तत्काल मर्मत नहुँदा सेवा अवरुद्ध भएको हो । मर्मतका लागि विशेषज्ञ सहितको प्राविधिक टोली पठाउन समय लागेकोले तत्काल सेवा संचालन हुन नसकेको टेलिकम शाखा कार्यालय गाईघाटमा प्रमुख राजदेव साहले बताउनु भयो । सेवा अवरुद्ध हुँदा सदरमुकाम गाईघाट र आसपासमा संचालित जिएसएम मोबाईलका पाँचहजार बढि ग्राहक प्रभावित भएकाछन् । जिएसएम मोबाईल संचालन नहुँदा अत्याधिक चापका कारण सिडिएमए स्काई र साधारण पिएसटिएन टेलिफोनमा समेत अत्याधिक नेटवर्क समस्या देखिएको सर्वसाधारणले गुनासो गरेकाछन् ।
News by - गणेश उप्रेती
No comments:
Post a Comment
सुझाब दिनुहोस्