उदयपुर,२१ चैत
पुर्नगठित नेकपा माओवादी उदयपुरका सचिवालय सदस्य तथा क्षेत्रिय ईन्चार्ज कर्णबहादुर थापाको अज्ञात समुहले सनिवार उदयपुरको रामपुरठोक्सिला गाविस–३ द्यौरी टप्पुस्थित घरमा नै हत्या गरेका छन ।
राती बाह्र बजेतिर ४/५ जनाको समुहले घरमा सुति रहेको अवस्थामा ४५ वर्षिय थापालाई तपाईसंग केही कुरा गर्नु छ, भनि नियन्त्रणमा लिएर कुटपिट गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक मनोज यादवले बताए । उनलाई २ घण्टा सम्म कुटपिटपछि स्थानीयबासीले उपचारको क्रममा धरान लादै गर्दा २ बजे बिहान बाटोमा नै मृत्यु भएको मृतकका छोरा अंजय थापाले बताए । बेलुका खाना खाएर करिब १० बजेतिर घरको भुई तलामा कान्छी श्रीमति रन्जना थापासंग सुतेका उनलाई मध्य रातमा आएको नकाबधारी समुहले तपाईसंग काम छ, भन्दै बाहिर बोलाएर घर अगाडीको बारीमा भैसी बाँध्ने किलाले ७ लाख रुपैया माग्दै निर्धारत कुटपिट गरेको कान्छी श्रीमति रन्जनाले बताईन ।
यसरी आएका उनीहरुले श्रीमति रन्जना थापालाई नियन्त्रणमा लिएर कुटपिट गरेको स्थानीयबासीले बताए । श्रीमति थापाले चिच्याउन थालेपछि नकाबधारी मध्येका एक जनाले उनको मुख थुनेको पिडित थापाले बताईन । उनीहरुले मृतक थापाको दुवै हातखुट्टा भाँचि दिएका थिए, भने छातीमा किलाले गहिरो चोट लाग्ने गरि कुटपिट गरेका प्रहरीले जनाएको छ । स्थानीय रामपुरठोक्सिला गाविस–२ स्थित माछापुच्छे सामुदायिक वन उपभोक्ता समितिका पनि अध्यक्ष रहेको थापालाई किन र कस्ले मारेको हो, भन्ने यकिन नभएपनि हत्यामा संलग्न भएकाहरुको पहिचान भएको उनका छोरा अंजय थापाले बताए ।
माछापुच्छे सामुदायिक वन उपभोक्ता समितिको शुक्रवार काठ लिलाम प्रक्रिया हुदाँ खेरि नै केही ठेकेदारले थापालाई ज्यान मार्ने धम्कि दिएको उनका परिवारले बताए । शुक्रवार साँझ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाका प्रहरी निरिक्षक विप्णु कार्कीले पनि मृतक थापालाई तिमि असुरक्षित भएको जतिखेर पनि जे पनि हुन सक्ने जानकारी दिएको उनका दाजुले बताए ।
यसरी प्रहरीले नै सुरक्षा गर्ने जिम्मा लिएका मानिसले असुरक्षित भएको भन्दै हिडेपछि उनी माथि रहेको जेठी श्रीमतिको घरबाट १ घण्टा तल रहेको कान्छी श्रीमतिको घर गएका थिए ।
थापालाई प्रहरी कै संलग्नतामा काठ व्यावसायीहरुले हत्या गरेको उनका परिवारले दाबी गरेको छ । बेलुका माथिको घरमा खोज्न आउने मानिसहरु चिनेको भएकोले पनि उनीहरुको नाममा किटानी जारी दिने तयारी भई रहेको उनका दाजुले बताए ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले काठ व्यावसायी सिताराम थापा, गोपाल घिमिरे र शशी सेढाईलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ । सामुदायिक वनमा भएको ठेक्का प्रक्रिया बदर गर्न माग गर्दै व्यवसायी सिताराम थापा र उदय अधिकारीले ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा निवेदन दिएका थिए ।
घटनापछि थापाले श्रीमति रन्जनालाई कोही यीनिहरु भन्दा चिनेकै मानिसहरुले हो भन्दै भोली भनुलाँ भनेको केही छिनमा मृत्यु भएको रुदै बताईन । उनीहरुले माग गरेको रकम ७ लाख रुपैया छैन भन्दा पनि ले भन्दै थिए, मृतकले भने म ७ दिन भित्रमा खोजेर दिन्छु मलाई नमार भन्दा पनि नछोडेको श्रीमति रन्जनाले भाक्कानीदै भनिन् । मृतक थापाको दुवै श्रीमतिको गरि ५ छोरा र २ छोरी रहेको स्थानीयबासीले जानकारी दिए । मृतकको जेठी श्रीमति सिता थापा बेहोस अवस्थामा जिल्ला अस्पताल गाईघाटमा उपचार भई रहेको छ । लास भने पोटमाड्मका लागी जिल्ला अस्पताल गाईघाटमा ल्याईएको छ भने रामपुरठोक्सिला बजार स्थानीयबासीले हत्या पक्राउ नभए सम्मका लागी बन्द गरिएको प्रहरीले बताएका छन ।
यता हत्यारा पक्राउ नगरे सम्म पोष्ट माड्म पछि लासलाई रामपुर बजारमा लगेर राखिने सब लिएर आएका स्थानीयबासीको भनाई रहेको छ । घटनापछि स्थानीय वन समुहको काठमा किराँत जनवादी वर्कस पार्टीको झण्डा भेटिएको प्रहरीले जनाएको छ । सो घटनाको हत्यारा खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक मनोज यादवले जानकारी दिए ।
News by - ईश्वर तामाङ
No comments:
Post a Comment
सुझाब दिनुहोस्