उदयपुर, चैत १८ ,
झुठा बिबरण पेश गरी नेपाली नागरिकता र सोहि आधारमा राहदानी लिने उदयपुरको रामपुर ठोक्सीला—८ का दुई महिला सहित गाविस सचिव केशव आचार्यलाई प्रहरी पक्राउ गरेको छ ।
रामपुर ठोक्स्सीला ८ स्थित रामबहादुर बिष्टको झड्केली नातिनी रिता खड्काले थर परिवर्तन गरी हिजो जिल्ला प्रशासन कार्यालय उदयपुरबाट १४१००२/१०२१३० नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र र सोही आधारमा ४८५७३६७ नम्बरको राहानी लिएकी थिईन् । रिताले बुबा अमरकुमार राई र आमा पदमकुमारी राई भएको झुठा बिबरण पेश गरी नागरिकता र राहदानी लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक मनोज कुमार यादवले बताउनु भयो ।
झुठा बिबरण पेशगरी नागरिकता र राहादानी लिएको सूचना आधारमा जिल्ला प्रहरी नायव उपरिक्षक यादवको नेतृत्वमा गएको प्रहरीको टोलीले गाईघाटस्थित एक होटलबाट झुठा विवरण सिफारिस गर्ने गाबिस सचिव आचार्य, नागरिकता र राहादानी लिने रिता र उनको सहयोगी ज्योती राईलाई पक्राउ गरेको थियो । पक्राउ परेकी ज्योती राईको साथबाट सोहि गाविसको वडा नं. २ र ७ का तीन युवतिको नाममा जारी तीनथान राहादानी समेत बरामद गरेको प्रहरी नायव उपरिक्षक यादवले बताउनु भयो । पक्राउ परेकी ज्योती राई ललाई फकाई अवैध रुपमा युवतिहरुलाई बिदेश पठाउने कार्यमा संलग्न रहेको सुरक्षास्रोतले जनाएको छ । पक्राउ परेकी तीनैजनालाई अहिले जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखिएको छ ।
News by - बाबुराम भण्डारी

No comments:
Post a Comment
सुझाब दिनुहोस्