उदयपुर, ९ चैत
उदयपुरको त्रियुगा नगरपालिका–१७ रातमाटेस्थित एक ९ वर्षिय बालिकालाई घरमा बोलाएर बलात्कार गरेपछि स्थानीयबासीले पक्राउ गरि सोमवार प्रहरीमा बुझाएका छन ।
स्थानीय ५७ वर्षिय भैरब दवाडीले सोही ठाउँकी बालिकालाई फकाएर घरमा लगि बलात्कार गरेको सार्वजनिक भएपछि गाउँले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको स्थानीयबासीले बताए ।
पक्राउ परेका दवाडीले चक्लेट दिएर बारम्बार बालिकालाई बलात्कार गर्ने गरेको रहस्या स्थानीयबासीको आरोप रहेको छ । पक्राउ परेका दवाडीलाई आवश्याक कारबाहीका लागी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बालिकालाई स्वास्थ्य परिक्षण गर्दा बलात्कार भएको पुष्टि भएको जनाएको छ । बालिकालाई स्वास्थ्य उपचारका लागी जिल्ला अस्पताल गाईघाटमा राखिएको उनका आफन्तले जानकारी दिए ।
News by - ईश्वर तामाङ
No comments:
Post a Comment
सुझाब दिनुहोस्