उदयपुर, ९ चैत
उदयपुर सिमेण्ट उद्योगका कर्मचारीको लापरबाहीका कारण एक करोड मुल्य बराबरको लोडर सोमवार जंगलमा जलेर नष्ट भएको छ ।
स्थानीय बागेश्वरी सामुदायिक वनमा फैलिएको आगोले उदयपुरको त्रियुगा नगरपालिका–१२ रोप–वेको सवस्टेशन नजिकैको सडक छेउ जंगलमा राखिएको त्तध्ी(ज्ञ नम्बरको जापानमा बनेको सो लोडर राती करीव १ बजे जलेको हो । रोप–वेको टावर मर्मतका लागि बाटो बनाउन लगिएको लोडर सडक मर्मत गर्दा गर्दै गत शुक्रबार बिग्रीएपछि सडक छेउ जंगलमा राखिएको थियो । उद्योगका दुई सुरक्षागार्ड मध्ये एक जना अपांग रहेको र आफु एक्लै भएकोले आगो निभाउन नसकेको अर्का सुरक्षागार्ड बैकुण्ठ भट्टराईले जानकारी दिए । तर कर्मचारीको हेलचेक्रयाइका कारण सो लोडर जलेका हुन । घटनाको उद्योगमा रहेका बिभिन्न मजदुर संगठनहरुले छानबीन गरी दोषीहरुलाई कारवाही गर्न माग गरेकाछन् ।
News by - ईश्वर तामाङ

No comments:
Post a Comment
सुझाब दिनुहोस्