उसिउलीमा ठूलो परिणाममा फर्मेस तेलमा मिसावट


        उदयपुर, असार १३ गते । उदयपुर सिमेन्ट उधोग (लिमिटेड) जलजलेमा किलमा आगो बाल्न प्रयोग गरिने फर्मेश तेलमा ठूलो परिणाममा मिसावट भएको पाइएको छ ।
        भारतको हर्दियाबाट बाट ना ४ ख ३४३९ नम्बरको ट्यांकरमा ल्याईएको एक ट्यांकर (२० हजार लिटर) तेलमा मिसावट पाईएको भण्डार विभागका सहायक खरिदार चुडामणी पोखरेलले बताउनुभयो । पोखरेलले कर्मचारी प्रतिनिधिहरुको रोहबरमा सोमबार विहान परिक्षण गर्दा १५ लिटर तेलमा २ लिटर तेल १३ लीटर पानी फेला परेको बताउनुभयो । “यो अत्यन्तै ठूलो परिणामको मिसावट हो ।” उधोगका मजदुर नेता राधे कोइरालाले भन्नुभयो । “तेल परिक्षण नगरी भण्डारमा खन्याउन लागिएको थियो तर, परिक्षण गर्दा ठूलो परिणाममा मिसावट भएको पाईयो ।” वहाले भन्नुभयो । नेपाल आयल निगम विराटनगरमा समेत चेकजाँच गरी ल्याईएको तेल १५ लिटरको बाल्टीमा तिनपटकसम्म भरेर चेक गर्दा पनि उहि परिणाम भेटिएको वहाले बताउनुभयो । 
         मिसावट भएको तेलसहितको ट्यांकरलाई मजदुरहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ । आवश्यक छानविन तथा कारवाहीको लागि ट्यांकर इलाका प्रहरी कार्यालय जलजलेमा राखिएको छ । प्रहरीले ट्यांकरका चालक टेकबहादुर गिरी, सहचालक काजी पौडेल र तेल किन्नका लागि उद्योगबाट खटिएका भण्डार प्रतिनिधि अधिकृत छैठौ तहका हेमकुमार दाहाल, क्लिङ्कर प्रतिनिधि मेकानिक्स चौथो तहका ब्रम्हप्रसाद गुप्ता र खरिद प्रतिनिधि बरिष्ठ सहायक पाँचौ तहका सरोजकुमार थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
      उधोगले आवश्यक छानविनको लागि इप्रका जलजलेलाई आधिकारिकरुपमा पत्रसमेत लेखिसकेको जनाएको छ । नेपाल आयल निगम विराटनगरलाई पनि बोधार्थ पठाईसकेको छ । 
        उधोगमा विविध सामान खरिदको क्रममा देखिने भ्रष्टचार, मिसावटको घटना यस किसिमले दोहोरिनु कुनै नौलो नभएको मजदुरहरुले बताएका छन् । स्थानीय प्रशासनले उद्योगको सुधारमा ध्यान नदिदा उद्योग प्रशासनको लापरवाहीले यस्ता घटना दोहोरिरहने गरेको उनीहरुको भनाई छ । बेलाबेलामा हुने यस्ता घटनामा उद्योग प्रशासन तथा विभिन्न विभागिय अधिकृतहरुको मिलेमतो हुने गरेको आरोप मजदुर नेताहरुको छ  
      उधोगका निमिक्त महाप्रवन्धक महेश काप्mलेले इण्डियाको हर्दियाबाट ल्याएको उक्त फर्मेश तेल उतै मिसिएको हुनसक्ने बताउनुभयो । आवश्यक कारवाहीको लागि प्रहरीलाई जिम्मा लिइएको वहाले बताउनुभयो । 
यसअघि उधोगमा फर्मेश तेलमा मिसावटका कारण करिब २५ सय किल तेल सर्टेज भएको मजदुर नेता राधे कोइरालाले बताउनुभयो । 
समाचार - भोटराज राई

1 comment:

  1. Many people opt for sneakers or loafers when wearing shoe lifts insoles to make sure nobody can tell they are using the orthopedic device

    http://adar.ee.nctu.edu.tw/course/user/view.php?id=32676&course=1

    ReplyDelete

सुझाब दिनुहोस्